Aamsanchar

बैंकको साईरन बज्दा, हनुमान सेन्ट्रलमा ठुलो क्षतीहुनबाट बच्यो (फोटो फिचर)

Author Image
आइतवार, साउन १२, २०७६

विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा रहेको इर्की जुत्ता पसलमा विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । आगलागीबाट इर्की जुत्ता पसल र सामसुंगको मोबाइल डिलर जल्दा करिब २ करोड बराबरको क्षति भएको व्यापारीलाई उद्ध्रित गर्दै इलाका प्रहरीका कार्यलय विर्तामोडका प्रहरी नायव निरीक्षक मोहन कुमार थापाले बताएका छन् ।

 ५ तले उक्त व्यापारिक भवनमा एउटा रेडियो स्टेसन, दुई वटा बैङ्क, दुई वटा डिपार्टमेन्टल स्टोरसहित सयौं व्यापारिक पसल, होटल रहेका छन् । भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किदा स्थिती भयाभअ बनेको थियो ।  आगो नियन्त्रणका लागि विर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब राति साढे आठ बजे आगो नियन्त्रणमा आएको थियो । 

आगोको मुस्लो र धुवा फैलन थालेपछि एक तल्लामा माथी रहेको लक्ष्मी बैंकमा साईरन बजेपछि सुरक्षा गार्ड पूर्णबहादर लिम्बुले प्रहरी, बारुणयनत्रलाई फोन गरेका थिए । तत्काल आई पुगेको बारुण यन्त्र कर्मचारी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर