बिर्तामोड ।
झापाको वाह्रदशीमा सर्प दंशका कारण एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ३ निवासी ५२ वर्षीय छत्रवहादुर पौडेल रहेका छन् । उनलाई आज विहान घरमै विषालु सर्प (गोमन) ले डसेको वाह्रदशी गाउँपालिका – ३ कि वडा सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो नकाल्ने क्रममा पौडेललाई सर्पले ढसेको बताइएको छ । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पु¥याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकोमा उनको अस्पताल पु¥याए लगत्तै मृत्यु भएको अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 124