Aamsanchar

हल्दिवारी गाउँपालिकामा निशुल्क डेंगो परिक्षण

Author Image
मङ्गलवार, साउन १४, २०७६

झापा लगायत हल्दिवारीमा समेत डेंगो को प्रकोप देखा परेपछि गाउँ पालिकाले निशुल्क चेक जाँच शुरु गरेको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले जानकारी गराउनु भएको छ ।

अध्यक्ष लिङ्गदेनका अनुसार भोलि देखि नै जलथल स्वास्थ चौकिमा निशुल्क चेक जाँच तथा उपचारको शुरु गरिएको छ । हल्दिवारी गाउँ पालिका क्षेत्रमा ७० प्रतिशत  जंगल र चिया बगान  रहेको छ ।  डेंगोको प्रकोप बढी हुन सक्ने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको  उपाध्यक्ष डम्बर बहादुर गिरिले बताए । 

गाउँ पालिकाले डेङुको उपचार निशुल्क गर्ने तथा उपचार खर्च समेत गाउँ पालिकाले व्यहोर्ने प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिएका छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर