Aamsanchar

दशैँमा नेपाल एयरलाइन्सले जापानको नारितामा चार्टर उडान भर्ने

Author Image
बिहिवार, साउन १६, २०७६

काठमाण्डौ,

दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर नेपाल एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको छ ।

निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ । एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते नारिता गएर १० गते नेपाल फर्कनेछ ।

यस्तै दोस्राे चार्टर उडानको लागि निगमको जहाज असोज १५ गते नारिता पुगेर १६ गते नेपाल फर्कने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो । दुवै उडानका लागि बुकिङ सम्पन्न भैसकेको पनि उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्सले जापानकै ओसाकामा भदौ १२ गतदेखि हप्ताका २ ओटा नियमित उडान गर्दैछ । तर ओसाका क्षेत्रमा नेपालीको बसोबास कम भएकाले नारितामा २ ओटा चार्टर उडान गर्न लागेको निगमले जनाएको छ  ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर