Aamsanchar

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको कामको गती अघीबढदै

Author Image
बुधवार, साउन २२, २०७६

काठमाडौं– सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन् । समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । राष्ट्र हित, जनताको हित र नेपाली ध्वजावाहक विमानको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठान बढने गरी एक महिनाभित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो निगमको सुधारका लागि आफूले पटक–पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताए । मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताए । उनले सो निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले अब छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना पनि अघि सारे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्षभित्र सुरु गर्ने घोषणा पनि गरे ।

राजनीतिक सहमति जुटाएर सो विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग आवश्यक निर्देशन लिने र सोहीअनुसार अन्य राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग आफूले छलफल गर्ने पनि बताए ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर