सुरुङ्गा, साउन २२ । झापाकनकाई नगरपालिका–३ सुरुङ्गानिवासी रोहनकार्की फुटबलको राष्ट्रिय टिममा अनुबन्धितभएका छन् ।
हाल उनी फुटबलको राष्ट्रिय टिमको यु–१९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन् । सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलिरहेका कार्की आगामी साफ ग्यामका लागि उनी मिडफिल्डरको रुपमा खेल्नेछन् ।
आगामी असोज ३ गतेदेखि १२ गतेसम्म काठमाण्डौँमा हुने साफग्यामको तयारीका लागि उनी सहित ४६ खेलाडी देशभरबाट छनौट भएका हुन् । झापा कनकाई माविको खेल मैदानमा नियमित अभ्यास गर्ने एक चेली मिरा राई समेत दौडमा यस अघि विश्वकीर्तिमान राख्न सफल बनेकी थिइन् । कार्की राष्ट्रिय टिममा खेल्न पाउनु गर्वको विषय भएको कनकाई माविका खेलकुद विभागका संयोजक जीतबहादुर बस्नेतले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 227