लिभरपुलले इंग्लिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ ।
गएराति भएको खेलमा नर्विचलाई ४१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न पुगे ।
१९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । खेलको ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल पहिलो हाफमै ४-० को अग्रता कायम गर्न सफल भयो ।
दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले सान्त्वना गोल गरे । पहिलो हाफमा नै लिभरपुलका गोलरक्षक एलिसन घाइते भएर मैदान छाडेको फाइदा नर्विचले उठाएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 209