Aamsanchar

बिर्तामोडको तिनवटा वडा कार्यालयमा बम बिस्फोट

Author Image
सोमवार, साउन २७, २०७६

बिर्तामोड, साउन २७ । बिर्तामोड नगरपालिकाको ३ वडा वडा कार्यालय रहेको भवनमा बम बिस्फोट भएको छ । गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा आज बिहान करीब ४ः३० बजेको समयमा बम बिस्फोट भएको झापा जिल्ला प्रहरी प्रबक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन।
प्रबक्ता श्रेष्ठका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

बिस्फोट भए लगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान शुरु गरेको भए पनि बिस्फोट कसले गराएको हो भन्ने यकिन हुन सकेको छैन, बिस्फोट गराईएको बमका बारेमा समेत अनुसन्धान भईरहेको छ डिएसपी श्रेष्ठले बताएका छन ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर