Aamsanchar

युएईमा आदिवासी दिवस भव्य सम्पन्न, पदम र अन्जली मिस्टर एण्ड मिस इन्डिजिजियस घोषित

Author Image
सोमवार, साउन २७, २०७६

सुर्य खवास, युएई

“अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातीको अडान, पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ २५ औं विश्व आदिवासी दिवस युएईका लागि नेपालि राजदुतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकाल को प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएई तथा आबद्ध ११ वटै जातिय संघसंस्थाहरु र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको संयुक्त आयोजनामा गत शुक्रवार ९ अगस्ट का दिन दुबई स्थित कालर्टन प्यालेस होटलको सभा हलमा सम्पन्न भएको हो ।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि गरिएको थियो । कार्यक्रममा आदिबासी जनजातिहरुको मौलिक संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो भने विभिन्न जातिको आफ्नो पहिचान झल्कने विभिन्न सामाग्री सहितको स्टलहरु प्रदर्शन गरिएको थियो

नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नेफिन युएईका उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिजयलक्ष्मी राईले राख्नु भएको थियो । दुई चरणमा सम्म्पन कार्यक्रमको औपचारिक कार्यक्रम महासंघका सचिव कुमार बलामिले संचालन गर्नु भएको थियो । यसैगरी अनौपचारिक कार्यक्रमको संचालन
सांगी डोल्मा गुरुङ र केशव राज महतोले संयुक्त रुपमा संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेफिन युएई तथा आफ्न्नो समुदायको हितमा योगदान पुर्‍याउनु हुने तमु समाज युएईका इन्द्र गुरुङ र पुर्णिमा गुरुङ, नेपाल मगर संघ शाखा युएईका राजु सिंजाली मगर र माया थापा मगर, तामाङ समाज युएईका डिल्लीराम तामाङ र एभरिल तामाङ, किरात राई यायोक्खा युएईका कटक राई र भगवती चाम्लिङ राई , किरात याक्थुङ चुमलुङ युएईका दिपराज नेमोङहाङ र शर्मिला पन्दाक, नेवा पुचस् युएईका हिरा लाल श्रेष्ठ र कुमार बलामी, शेर्पा किदुग युएईका सोनाम शेर्पा र माया शेर्पा,थारु कल्याणकारिणी सभा युएईका धर्म राज महतो र जानकी महतो,प्रवासी भुजेल समाज सेवा समिति युएईका प्रेम घर्ती भुजेल र जुन माया भुजेल, सुनुवार सेवा समाज युएईका रुद्र बहादुर सुनुवार र राम कुमारी सुनुवारलाई सम्मान गरिएको थियो ।

मिस्टर एण्ड मिस इन्डिजिजियस (२०१९ को उपाधी पदम खालिङ राई र अन्जली लोप्चन तामाङलाई

नेपाल आदिवासी जनजाति महासंघ युएईद्वारा आयोजित मिस्टर एण्ड मिस इन्डिजिजियस (२०१९ू प्रतियोगिता
को मिष्टर इन्डिजिनियस तर्फ किरात राई यायोक्खा शाखा युएईको प्रतिनिधित्व गर्दै सहभागी पदम खालिङ राईले उपाधि जित्न सफल भए भने मिस इन्डिजिजियस तर्फ तामाङ समाज युएईको प्रतिनिधित्व गर्दै अन्जली लोप्चन तामाङले जितिकी छिन ।

उक्त प्रतियोगिताको निर्णयक भुमिकामा नेपाली समाजका सिपी सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान, तमु समाज युएईका संरक्षक राजु गुरुङ, किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रा साम्पाङ राई र संघिय समाजका अध्यक्ष बाबुराम लोप्चन रहेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ युएईको नयाँ कार्यसमिति घोषणा

नेपाल आदिवासी जनजाति महासं युएईको सन २०१९ ( २०२१ को लागि महेश मोक्तानको अध्यक्षतामा गठित २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरेको थियो । नव गठित कार्यसमितिमा अध्यक्ष महेश मोक्तान, वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई, उपाध्यक्ष यम घर्ती मगर, उपाध्यक्ष डि। बि। समर्पण मगर, महासचिवमा कुमार बलामी, सचिव भिम दोङ तामाङ, प्रबक्ता फलेन्द्र बलाम्पाकी मगर, कोषाध्यक्ष वाशुदेव चौधरी, सह(कोषाध्यक्ष ज्ञान बहादुर तामाङ, महिला प्रमुखमा आङग माया शेर्पा रहनु भएको छ ।

यसै गरि सदस्यहरुमा क्रमशः मनु गाहा मगर, सुनिल मान श्रेष्ठ, रबिन सुनुवार, पुर्ण बहादुर सुनुवार, धर्मराज महत्तो, खोर बहादुर महत्तो, खडक बहादुर भुजेल, उर्मिला भुजेल, डम्बर लिबाङ, दुर्योधन राइ, प्रवीण गुरुङ, सांगी डोल्म गुरुङ र कमल लावती रहेका छन । निर्वाचन संयोजक डेर राज गुरुङको निर्वाचन समितिले गत १९ जुलाई २०१९ का दिन दुबई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न सातौं महाधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो । कार्यक्रममा नव गठित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई पद तथा गोपिनियताको सपथ गराउनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर