Aamsanchar

झापा प्रहरीबाट विप्लव समूहका १७ जना कार्यकर्ता पक्राउ

Author Image
सोमवार, साउन २७, २०७६

देश भरिनै कार्यकर्ता गिरफतारी हुने क्रम बढे संगै झापामा नेत्रविक्रम चन्द विप्लव समूहका १७ कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेल टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान पनि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय ७, ८ र ९ मा बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताएका छन ।
मैनालीका भने वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर