Aamsanchar

स्थानीय जडिबुटीका कच्चा पदार्थहरु प्रयोग गर्न जोड

Author Image
शुक्रवार, साउन ३१, २०७६

अर्जुनधारा। 

बाहिरबाट आयात गर्नुभन्दा स्थानीय स्तरमा उत्पादन भएका जडिबुटीका कच्चा पदार्थहरुको अत्याधिक प्रयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

झापाको अर्जुनधारा–८स्थित त्रिगाँउ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्थाद्धारा शुक्रबार आयोजित नवनिर्मित भवन तथा प्रशोधन मेसिन उद्घाटन कार्यक्रमका सहभागीहरुले उक्त कार्य गर्न जोड दिएका हुन् ।

संघीय सरकारको सशर्त अनुदान शिर्षकको जडिबुटी विकास कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालय झापामार्फत् निर्माण भएको भवन र प्राप्त मेसिनको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्य र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

सोही नगरपालिका–९ जागृती टोलमा संस्थाले लीजमा लिएको दुई कठ्ठा जग्गामा नवनिर्मित भवन तथा प्राप्त मेसिनको जम्मा लागत १८ लाख १२ हजार तीन सय २० रुपैयाँ ८० पैसा उल्लेख गरिएको छ । प्राप्त मेसिनहरुमा तीन वटा ग्रेडीङ र एउटा प्याकेजीङ मेसीन रहेको छ ।

गएको असार ८ गते सम्झौता भई २० गते सम्पन्न भएको उक्त कार्यक्रमको लागि अनुदानमार्फत् १५ लाख रुपैयाँ र संस्थाबाट तीन लाख १२ हजार तीन सय २० रुपैयाँ ८० पैसा विनियोजन भएको थियो । संस्थाका अध्यक्ष हरिप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख घिमिरे, जडिबुटी संघ झापाका अध्यक्ष यादव पौड्याल र सहकारी संघ झापाका सदस्य टंक बराललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका पूर्व उपाध्यक्ष ताराप्रसाद उपाध्धयले संस्थाको गतिविधिसहित कार्यक्रमको औचित्य तथा उपाध्यक्ष धनकुमारी तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्रप्रसाद खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर