झापा ।

न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रवि लामिछानेको समर्थनमा आजबाट झापामा प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।


स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको व्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

¥याली बिर्तामोड बजार परिक्रममा गरि मुक्तीचौकमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले आइतबार साँझ ५ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।



