Aamsanchar

भोटेकोशीमा आएको बाढीले पुल बगायो

Author Image
सोमवार, भदौ २, २०७६

रसुवा, 

आइतबार राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो ।

भोटेकोशी नदीमा बाढी आएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ तथा वडा नम्बर ५ खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

भोटेकोशीमा पानीको वहाव बढेपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर राति नै बाहिरिएका थिए ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर