बिर्तामोड : पछिल्लो समय यता हत्या हिंसा देश भरीनै बढिरहेको छ झापा वासी पनि हत्या हिंसाको घटना र समाचारले आक्रन्त बनिरेको अवस्थामा मंगलबार झापाको मेचीनगरमा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले हम्मर प्रहार गरी आफ्नै साथीको ह*त्या गरेका छन् ।

मेचीनगर–९ कुर्सी फारम बस्तीका ६३ बर्षका तेजबहादुर लिम्बुले सोही ठाउँका ६५ बर्षीय प्रेम लकान्द्रीको टाउकोमा फलामको हम्मरले प्रहार गरेका थिए । हम्मर प्रहारबाट गम्भीर घाइते भएका लकान्द्रीको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्बु र लकान्द्रीबीच के बिषयमा बिवाद भएर उनले हम्मर प्रहार गरेका थिए भन्ने खुलेको छैन् । झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले लिम्बुलाई नियन्त्रणमा लिएर अनुसंधान शुरु गरेको जानकारी दिए ।
Views: 97

