Aamsanchar

कृषकका लागि धन आर्जन गर्ने नयाँ अवसर (रामबुटानको खेती)

Author Image
मङ्गलवार, भदौ ३, २०७६

रामबुटान (RamButan) एक उष्ण प्रदेसीय फलफूलमध्ये महत्वपूर्ण फल हो । रामबुटान नाम मलय शब्दको भन्ने शब्दबाट आएको हो जसको अर्थ कपाल हुन्छ । हेर्दा लिचीजस्तै देखिने,झुप्पामाफल्ने तर बोक्रामा लामो लामो कपाल जस्तै भएको यो फल स्यापिन्डेसी परिवारमा पर्दछ ।

यो फलको उत्पत्ति इन्डोनेसिया, थाईल्यान्ड, मलेशियामा भएको मानिन्छ तर यसको उत्पादन अरु उष्ण दक्षिण एसियाली ठाँउहरु, अफ्रीका, ओसिएनिया, अष्ट्रेलिया, सेन्ट्रल अमेरिकामा पनि फैलिएको छ । समुन्द्री तहदेखि ८०० देखि ९०० मिटरसम्मको उचाईमा यसको राम्रो खेती हुन्छ ।रामबुटान नेपालको लागि राम्रो सम्भावना बोकेको नौलो विदेशी फल हो ।

महत्व र उपायोग :
१, लिची जस्तै मिठो स्वाद भएको रामबुटानको पाकेको फल बोक्रा छोडाएर ताजा खान सकिन्छ र फललाई सुकाएर रामबुटान नट बनाएर पनि खान सकिन्छ ।
२, वास्नादार रामबुटानका फूलहरु खास गरेर मौरीका लागि आकर्षक हुन्छन् र यसफूलामा चर्ने एपिस सेरेना जातका मौरीले धेरै मह बनाउँछ ।
३, सदाबाहार रामबुटानको रुख लगाउनाले वातावरणमा हरियाली र सौन्दर्य कायम रहन्छ ।
४। औध्योगिक महत्वस् यसबाट जाम, जेली, सरवत, अचार, आईसक्रीम जस्ता खाध्य वस्तुहरु बनाउन सकिन्छ । यसको दानाको तेल मैनबत्ति, साबुन बनाउन उपायोगी हुन्छ भने रुखको बोक्रा, जरा र पातहरु औषधीमा र रङ्ग बनाउन काम लाग्दछ ।
५, पौष्टिक महत्वस् फाइबरमाउच्च, क्यालोरीमा कम रामबुटानको फल कार्बोहाइड्रेट, प्रोटीन, क्यालसियम, फास्फोरस, आईरान,कपर,निकोटिनिकएसिड, भिटामिनसी, विशेष गरेर म्यानग्यानिजको राम्रो श्रोत हो ।
६, स्वस्थमाहुनेफाइदा स् फलमा पानीको मात्रा ज्यादा, रेशादार, क्यालोरी कमहुने भएकाले तौल घटाउन मदत गर्नुका साथै कोमल, सफा र स्वस्थ राख्दछ।
७, स्याचुरेटेड फ्याट र क्यालोरी कम हुने भएकाले मुटु रोग हुन सक्ने सम्भावना कम गराउँछ । साथै उच्च रक्तचाप र कोलेस्टेरल घटाउनमा पनि प्रभावकारी मानिन्छ ।
८, एन्टीअक्सिडेन्टको मात्रा धेरै हुने भएकाले शरीरको कोषिकाहरुलाई क्यान्सरबाट बचाउँछ ।
९, भिटामिन ” सि “ले प्रतिरक्षाप्रणाली बलियो बनाउने, आईरन सोस्न मदत गर्ने, छाला राम्रो बनाउने, हाडजोर्नी मजबुत राख्दछ।
आईरानले शरीरमा फोक्सोबाटअन्यतन्तुहरुमाअक्सिजन पुर्याउने काम गर्छ । आईरानको कमिले रक्तअल्पता लाग्दछ । यसमा पाइने क्यालसियम, फस्फरस र आइरनले हाड स्वस्थ बनाउँछ र फ्र्याक्चार र अन्यरोगकोसम्भावना कम गराउँछ ।यस फलमा हुने जीवाणुरोधी गुणले कपालमा चाया पर्ने, चिलाउने जस्ता समस्याहरुसँग जुध्न मदत गर्दछ ।
यस फलमा पाइने फस्फरसले मृगौला सफा राख्न मदत गर्दछ । यस बाहेक फस्फरसले शरीरको कोषिका र तन्तुको विकास, मर्मत संहारमा महत्वपूर्ण भूमिका खेल्दछ । भिटामिन सि शुक्राणुको विकासमा महत्वपुर्ण हुन्छ । सुत्केरी महिलामा पाचन शक्ति राम्रो बनाउने, झाडापखाला, कब्जियत हुनबाट जोगाउँछ । रामबुटानको बोक्रा झाडापखला, ज्वोरोको उपचारमा काम लाग्दछ।

वानस्पतिक विवरण :
रामबुटान स्यापिन्डेसी परिवारमा पर्ने एक मध्यम आकारको रुख हो । यसको रुख १२(२० मिटरसम्म अग्लो हुन्छ । सदाबाहार पातहरु १०(२० सेन्टिमिटर लामो, २(१० से।मी।चौडा र हल्का चिल्ला हुन्छन् ।रामबुटानको फूल दुई प्रकारको हुन्छ एउटा भाले फूल हुन्छ र अर्को उभएलिङ्गी हुन्छ । उभएलिङ्गी फूल पनि धेरै जसो पोथी फूलको रुपमा काम गर्दछ भने निकै कम मात्र भाले फूलको काम गर्दछ । भाले फूलको एउटा फूलडाँठमा ३००० भन्दा बढी हरियो हरियो सेतो सेतो फूलहरु हुन्छन् भने उभएलिङ्गी फूलमा ५०० जति फूल हुन्छन् ।

फूलहरु परागसेचनको लागि एक दिन मात्र खुल्ला हुन्छन् तर परागसेचन गर्ने माध्यमको अनुपस्तिथिमा त्यो भन्दा बढी पनि हुन सक्दछ। रामबुटानको फूलवास्नादार हुन्छ ।रामबुटान नट वर्गमा पर्ने फल हो । गोलो देखि अण्डा आकारको फल४(६ से।मि। लामो र ३(४ से।मि। चौडा हुन्छ । फल ३० वटासम्मको समुहमा फल्दछ । पाक्ने क्रममा फलको रङ्ग हरियो बाट पहेँलो वा रातो हुन्छ ।

लामो लामो कपालाले ढाकिएको,बाक्लो, रातो र पहेँलो रङ्गको बोक्राभित्र र बियाँ बाहिर सेतो सेतो नरम खाने भाग हुन्छ।कुनै फलमा गुदी दानासँगै टासिएको हुन्छ भने कुनैमा हुँदैन ।एउटा फलमा एउटै बियाँ हुन्छ । काँचो बियाँ खानको लागि योग्य हुँदैन तर भुटेपछी यो खान सकिन्छ ।

रामबुटानका जातहरु :
रामबुटान दुई प्रकारकाहुन्छ स् एउटा रातो, पहेंलो र अर्को आनुवंशिक तरिकाले विकास गरिएकोहरियो रंगको, पातलो बोक्राभएको हुन्छ। उष्ण प्रदेसिय एसियामा २०० भन्दा बढी जातहरु विकशित भैसकेका छन् ।

हावापानी :
समुन्द्री तहदेखि ५००-६०० मिटर सम्मको उचाईमा रामबुटानको राम्रो खेती हुन्छ । रामबुटान न्यानो उस्ण हावापानी भएको ठाँउमा हुन्छ । यसको लागि पारिलो घाम लाग्ने, धेरै हावा नलाग्ने ठाँउको छनौट गर्नु पर्दछ । २२-३० डिग्री सेन्टिग्रेड तापक्रममा यसको राम्रो उत्पादन हुन्छ तर १० डिग्री सेन्टिग्रेड भन्दा तलको तापक्रम यस्को लागि नाजुकहुन्छ ।

तापक्रमको आधारमा बीउ अंकुराउन ७-२१ दिन लाग्दछ । मौसम र माटो गर्मी छ भने यो छिट्टै बढ्छ । लामो सुख्खा समय भएमा फूलहरु झर्दछन्। बोटको राम्रो वृद्धी विकासको लागि औसत वार्षिक वर्षा १५० से.मी. र सापेक्षिक आर्द्रता ७५-८० प्रतिशत चाहिन्छ । हल्का भिरालो जमिनमा यसको खेती राम्रो हुन्छ किनभने त्यसमा पानी जम्न पाउँदैन र धेरै सुर्य प्रकास पनि पाउँछ ।

माटो :
प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको, निकासको राम्रो व्यवस्था भएको, गहिरो, बलौटे दोमट, पि।एच। ४।५ देखी ६।५ भएको माटो रामबुटानको खेतीको लागि उपयुक्त मानिन्छ ।

बिरुवा लगाउने समय र रोप्ने तरिका :
साधारणतया बिरुवा जेठको अन्तिम देखी असार महिनामा कलमी गरेर रोप्न सकिन्छ । बिरुवा लगाउनु भन्दा पहिले बगैँचा रेखाङ्कन गरीखाडल बनाउनु पर्दछ । पहिले केहि नलगाइएको जमिनमा खेती गर्न थालेको भए पहिले रुखका ठुटाहरु, झाडी, झारपात, ठुला ढुङ्गाहरु हटाई २(३ पटक खन्जोत गर्नु पर्दछ ।

२ात र २ात को खाडल २(३ महिना अघीनै खन्नु पर्दछ । खाडलमा सुकेका पातरपतिङ्गर्, स्याउलाहरु हालेर बालिदिनु पर्छ। राम्रो पाकेको कम्पोष्ट मल ४(५ केजी तथा खाडल खन्दा निस्केको माथिको माटो तल पर्ने गरी राम्रो सँग मिसाएर खाडल भर्नुपर्दछ।

तयार भएको खाडलामा बिचमा पर्ने गरी, ग्राफ्टिङ्ग गरेको भाग जमिनको तहभन्दा माथि पारेर बिरुवा सार्नु पर्दछ । बिरुवादेखि १० सेन्टिमिटर जति टाढा एउटा किला गाडेर सुतरीको सहाएताले बिरुवालाई बाँधेमा हावाले असर गर्न पाउँदैन र बिरुवा सिधा बढ्न पनि मद्दत गर्दछ । चर्को घाम र सुख्खा समयबाट बचाउन नयाँ बिरुवा लगाएको ठाँउमा अस्थाई छाँयाको व्यवस्था गर्नसकिन्छ। बिरुवा रोपे पछी जरा भिज्ने गरी सिंचाई गर्नु पर्दछ । बिरुवा लगाउने दुरी दुई बोट बिचकोदुरी ३०(४०फिट राख्दा राम्रो हुन्छ तर ठाँउ, मौसम अनुसार यो फरक पर्न जान्छ । एक एकड जमिनमा ३५ वटा सम्म बेर्ना रोप्न सकिन्छ ।

अन्तरबाली :
बोटको फैलावटमा असर नपर्ने गरी, छोटो समयमा उत्पादन दिन सक्ने वालीहरुसँग अन्तर्वाली लगाउनु पर्दछ । हिउँदे तथा वर्षे तरकारीजस्तै काउलि, बन्दा, मुला, बोडि, सिमी आदी लगाउन सकिन्छ । भुँइकटहर, अदुवा, वेसार, कोसे बालीका घाँसहरु पनि लगाउन सकिन्छ ।

तालिम तथा काँटछाँट :
रामबुटानको बोट सिधा माथि बढ्ने हुनाले यसलाई तालिमको जरुरत पर्दछ । बडिङ्ग गरेको भाग ४ फिट जती भएपछी मुख्य काण्डलाई २।५ फिटमा काट्नु पर्छ । नयाँ पालुवा आउन थालेपछी ३(४ हाँगा भिन्न भिन्न दिशातिर पर्ने गरी काँटछाँट गर्नु पर्दछ । ति हाँगामा प्राथमिक, माध्यमिक हाँगाहरु पलाउन दिएर रुखलाई अर्ध अण्डाकारमा काँटछाँट गरेमा उत्पादन राम्रो हुन्छ । नयाँ विकास प्रोत्साहन गर्न रुपमा चोर हाँगाहरु, रोगकिरा लागेका, सुकेका तथा भित्री हाँगाहरुलाई नियमित हटाउँदै गर्नु पर्छ।

प्रसारण विधि :
रामबुटानको प्रस्थापन बियाँबाट, ग्राफ्टिङ गरेर, गुटी बाँधेर, बडिङ्ग गरेर गर्न सकिन्छ ।बियाँबाट प्रसारण गर्दा विरुवाको वृद्धी विकास विस्तारै हुने तथा फल दिन लामो समय लाग्ने, फलगुणस्तरको नहुने र त्यो भालेबोट पनि पर्न सक्ने हुँदा यसलाई खास बियाँबाट प्रसारण गरिँदैन।

वानस्पतिक तरिकाबाट प्रसारण गरिएको बिरुवा ६ महिनामा बगैँचामा सार्न तयार हुन्छ र राम्रोसँग हेरचाह २र३ वर्षमा नै फल लाग्छ तर यसको इष्टतम उत्पादन ८९१० वर्ष पछि हुन्छ । बीउ दानाबाट उम्रीएको रुखले ५र६ वर्षमा फल दिन थाल्दछ ।

रामबुटानको बियाँकोउमारशक्तिथोरै समयसम्म मात्र रहने भएकाले यसलाई निकालेर, सफा गरेर सिधै रोपी हाल्नु पर्दछ । बीयाँमा टाँसिएर रहेको छालाले बीउ अंकुरण हुन असहज बनाउँदछ । भुस अथवा बालुवासँग घोटेर, त्यसलाई पखालेर, हावामा सुकाए पछी रोप्न सकिन्छ ।रोप्नु अघी बीउलाई सादा पानीमा पखालेर मात्र रोप्नु पर्दछ । ग्राफ्टिङ गर्नको लागि रुटस्टक ६र८ महिनामा तयार हुन्छ ।

फूल फुल्ने, पराग शेचन तथा फलको विकास :
रामबुटानमा स्वसेचन हुँदैन । धेरै जसो फूलहरु बिहानको समयमा खुल्दछन् । वास्नादार रामबुटानका फूलहरु खास गरेर मौरीको लागि आकर्षक हुन्छन् र परागसेचनको लागि पनियिनिहरुको निकै नै महत्वपूर्ण भूमिका हुन्छ ।
परागसेचनको ३ हप्ता पछी फल लाग्न सुरु हुन्छ । फूल फुलेको १५र१८ हप्ता पछी फल परिपक्क हुन्छ ।

मलखद व्यवस्थापन :
१, रामबुटानलाई बेर्ना सारेको एक महिना पछी २०र३० ग्राम युरिया दिनु पर्दछ ।
२, ६ महिना पछी ५ केजी कम्पोष्ट अथवा गोठे मल माटोमा मिलाउनु पर्दछ ।
३, वर्षमा ३ पटक मल दिनु पर्दछ, वर्षात् अगाडि, वर्षा सुरु भएको समयमा र गर्मीको मौसमको पानी परेको बेला दिनु पर्दछ ।
४, फलको गुणस्तर कायम राख्न फूल फुल्ने समयमा २५ ग्राम ९सानो बोटको लागि० र ५० ग्राम ९ठूलो बोटको लागि० बोरोन तत्व माटोमा दिनु पर्दछ ।
५, ३०० ग्राम देखि १ केजी पोटास फूल फुल्नु अगाडी हाल्यो भने प्रभावकारी हुन्छ ।त्यती नै परिमाण पोटास फल टिप्ने एक महिना अघी हाल्नाले पनि राम्रो नतिजा दिन्छ ।
६, ६ वर्ष माथिका रुखलाई ३० केजी गोठेमल दिनु पर्दछ ।
७, एक पटक फल लिइसकेपछि, फेरी मलजल गर्नु पर्दछ ।
८, नाइट्रोजनयुक्त मल साउनर भदौ तिर दिनु पर्दछ ।

सिंचाई, छापो व्यवस्थापन तथा गोडमेल :
रामबुटान सुख्खा समयसँग संवेदनशील हुने भएकाले सिंचाइको राम्रो व्यवस्था गर्नु पर्दछ । पानीको कमी भएको समयमा विभिन्न खाध्य तत्व जस्तै पोटासियमको कमिको लक्षणहरु पनि धेरै देखिन्छ । रामबुटानमा बोटको उमेर अनुसारको सिँचाई आवश्यक पर्दछ । अंकुरण हुनु अघि माटोमा चिस्यान हुनु जरुरी छ र उम्रीएपछी हरेक २(३ दिनमा पानी दिइरहनु पर्दछ । छापो हालेर माटोमा चिस्यान कायम गर्न सकिन्छ । माटोमा जीवामृत छर्कानाले लाभदायक सूक्ष्मजीवको घनत्व बढ्छ र बिरुवालाई खडेरीसँग सामना गर्न पनि मदत मिल्छ। समय समयमा गोडमेल गरेर बगैँचा सफा राख्नु पर्दछ ।

फल टिप्ने तथा भन्डारण :
राम्रोसँग हेरचाहपुगेमा २(३ वर्षमा नै फल लाग्छ १ बीउ दानाबाट उम्रीएको रुखले ५(६ वर्षमा फल दिन थाल्दछ ।
फूल फुलेको १५(१८ हप्ता पछी फल परिपक्क हुन्छ । बोटबाट टिपेपछी रामबुटानको फल नपाक्ने भएकाले बोटमै राम्रोसँग पाकेपछी मात्र टिप्नु पर्दछ । फल पाक्ने बेला हरियोबाट पहेंलो वा रातो रङ्गमा परिवर्तन हुन्छ।केहि भाग हाँगा सँगै रामबुटानको फल झुप्पै टिपिन्छ ।साधारणतया फल पाकेपछी ४(५हप्तासम्म फल टिप्न सकिन्छ।

टिपिसके पछि यसको गुणस्तर भन्डारण समय, घाउ, चोटपटक, अदिको अवस्थाले पनि यसको गुणस्तर निर्धारण गर्दछ ।कोल्ड स्टोरमा १८ डिग्री सेन्टिग्रेडमा राख्न सकिन्छ । न्युन तापक्रममा राख्नु अगाडी प्वाल प्वाल पारिएको कम घनत्व प्लास्टिक ब्यागमा राख्नु पर्दछ ।

उत्पादन :
राम्रो स्याहार गरिएको रामबुटानको रुखबाट प्रति वर्ष ५००(१५०० ९द्दछ( ज्ञण्ण् पन ० फल लिन सकिन्छ, बगैँचा व्यवस्थापनका साथै परागसेचनको राम्रो व्यवस्थापन भएमा उत्पादन बढाउन सकिन्छ ।

प्रमुख रोग तथा कीराहरु :
धुले ढुसी फलमा सेतो सेतो पाउडर जस्तो देखिन्छ जुन पछी कालो हुन्छ र फल झर्छ । यो रोगलाई समय समयमा सल्फर छर्केर नियन्त्रण गर्न सकिन्छ । ३ ग्राम प्रति लिटरपानी सल्फर छर्कदा कुनै पनि ढुसीजनक रोगको व्यवस्थापन गर्न सकिन्छ ।

हाँगाहरु सुक्ने, मिली बग, खपटे किरा, पात खाने लार्भाहरु रामबुटानको मुख्य चुनौतीहरु हुन् । सुकेका हाँगा जलाउने र अन्य अवस्थामा निमजन्य विषादीको प्रयोग गर्नु पर्दछ । मिली बगविरुद्ध जैविक विधितिर भर्टिसेलियम प्रयोग गर्न सकिन्छ ।

फलालाई ब्यागिङ गरेर, प्लास्टिकको झोलाले बाँधेर चराबाट बचाउन सकिन्छ तर प्लास्टिक बाँधेपछी सानो प्वाल बनाउन बिर्सिनु हुँदैन ।
सामान्यतया राम्रो मलजल, हेरचाह पुगेको बोटमा खास रोग किरको प्रकोप कम नै देखिन्छ । ३०(४०फिट दूरी राख्नु नै एक प्रकरको रोग किरा व्यवस्थापनको उपाय हो ।

बजार :
रामबुटानको फल एकै समयमा नपाक्ने भएकोले बजारमा एकै पटक भन्दा समय समयमा पुर्याउन सकिन्छ । व्यावसयिक रुपमा खेती गर्न सकेमा हेर्दा लिची जस्तो, मिठो स्वाद भएको रामबुटान राष्टृय तथा अन्तराष्ट्रियस्तरमा बजारीकरण गर्न सकिन्छ ।

यो बिरुवा काठमाडौं यग्रो मार्ट प्रा. लि ले बिक्रिमा ल्याएको छ ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर