Aamsanchar

विप्लव समूहको ब्यानर छापेको आरोपमा व्यापारी पक्राउ

Author Image
मङ्गलवार, भदौ ३, २०७६

सल्यान,

सल्यानमा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको व्यानर छापेको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ। शारदा नगरपालिका-१ श्रीनगरमा केसी डिजिटल आर्ट सञ्चालन गर्दै आइरहेका हरि केसीलाई पक्राउ गरेको हो।

यहि भदौ १ गते नेकपाले छत्रेश्वरी गाउँपालिकाको लान्तिमा मन्दिरको कब्जा गरेको व्यानर र झन्डा छापेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

राज्यको हितविपरीतको कार्य हो भन्ने थाहा हुँदाहुदै अपराधिक क्रियाकलापमा चाहिने सामग्री निमार्ण गर्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउने प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए।

उनले भने ‘सबैले प्रयोग गर्ने चिजहरू बनाउछ तर त्यो पनि अपराधिक क्रियाकलपामा प्रयोग हुन्छ भने त्यो व्यापारीको दोष होइन तर व्यानर भनेको त बकाइदा टाइप गरिन्छ, प्रिन्ट गरिन्छ।

त्यसमा स्पष्ट लेखिएको छ। विप्लव समूह प्रतिबन्ध छ भन्ने जान्दाजान्दै झन्डा, व्यानर गराउने व्यक्तिलाई अनुसन्धानमा ल्याइएको हो। ’

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर