Aamsanchar

पत्रकार आत्महत्या प्रकरण : अनुसन्धानका लागि थप ५ दिन म्याद

Author Image
मङ्गलवार, भदौ ३, २०७६

काठमाडौँ – आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेसहित ३ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ ।

चितवन जिल्ला अदालतले उनीहरुलाई मंगलबार थप ५ दिनको म्याद थपेको हो। प्रहरीले १० दिन समय मागेको थियो। यस अघि न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि लागू हुनेगरी शुक्रबार लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।

प्रहरीले बिहीबार बेलुकी लामिछाने र पत्रकार युवराज कँडेललाई कार्यरत टेलिभजिन कार्यालयबाटै पक्राउ गरी चितवन लगेको थियो। सोही दिन दिउँसो अर्का आरोपी अस्मिता कार्की पक्राउ परेकी थिइन् ।

Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर