नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको उडानमा रोक लगाएको छ। नागरिक उड्डयनको नियमक प्राधिकरणले एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरिदिएको हो।
एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको हो। बिचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय गरेको हो।
यो निर्णयसँगै काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेको एयरलाइन्सका सबे उडान स्थगित भएका छन्। एयरलाइन्सले यसअघि पनि स्वीकृत नगरिएका पार्टस प्रयोग गरेको थियो। एक वर्ष अघि प्राधिकरणले एयरलाइन्सलाई सामन्य चेतावनीसहित जरिबाना गरेको थियो।
ुप्राधिकरणले निर्रधारण गरेका पार्टसपुर्जामात्र जहाजमा प्रयोग गर्नुपर्छ, हामीले जहाजको प्रकार हेरी सिफारिस गर्छौ तर एयरलाइन्सहरुले मनोमानी गरेमा त्यसले गम्भिर सुरक्षा खतरा ल्याउन सक्छ त्यसैले हामीले सिम्रिकका जहाज ग्राउन्डेड गरिदिएका छौु प्राधिकरण सम्बद्ध स्रोतले भन्यो।
पटकपटक एयरलाइन्सले अटेरी गरेको र मनोमानी गरेको भन्दै प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि भन्दै जहाज ग्राउन्डेड गरिदिने निर्णय गरेको कुरा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पुष्टि गरिदिएका छन्।नियमकले स्वीकृत नगरेका पार्टसपुर्जा प्रयोग गरेको पाइयो, त्यो पनि पटकपटक, यस्तो कामले हवाई सुरक्षामा गम्भिर असर गर्छ त्यसैले हामीले अर्को निर्णय नभएसम्मका लागि उडान रोक लगाउने निर्णय गरेका छौु पोखरेल।
सिम्रिक एयरलाइन्स सन् २००९ मा स्थापना भएर सञ्चालनरत छ। यसअघि क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा भएपनि उनी अहिले त्यहाँबाट बाहिरिसकेका छन्।