
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई अर्को चुनाव सामना गर्न तयार रहन आग्रह गरेका छन् ।आफू अझै १५ वर्ष अखडामा रहने उनले बताए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गरे ।
‘अचम्म लाग्छ १ विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन ।मरिहाले हुन्थ्यो भन्छन्’ उनले भने, ‘यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’

मरिहालोस् भनेर खुब प्रचार गरेकाले पछि धेरै निराश होलान् भनेर यस्तो भन्नु परेको उनले बताए ।

आफू अझै अझै १५ बर्ष अखडामा रहने भन्दै उने भने, ‘पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।

Views: 166

