Aamsanchar

रवि लामिछाने पत्नी निकिताले एसपी दानबहादुर मल्लसहित ३ जनाविरुद्ध जाहेरी दर्ता हुन सकेन आज

Author Image
बुधवार, भदौ ४, २०७६

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका सिधा कुरा नजतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा चितवन एसपी दानबहादुर मल्ल, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाबिरुद्ध ल्याएको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

बुधबार जाहेरी दर्ताका लागि निकिता टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी हुन्। चितवन प्रहरीमा चलिरहेको मुद्दाका विषयमा काठमाडौँमा जाहेरी लिन नमिल्ने भन्दै निकितालाई फर्काइएको थियो । अर्को कुनै जिल्ला प्रहरी कार्यालयमा चलिरहेको मुद्दाका विषयमा जाहेरी लिनु कानुनसम्मत नहुने भन्दै महानगरीय परिसर प्रमुख उत्तमराज सुवेदीले क्षेत्राधिकारभित्र नपर्ने भएकाले जाहेरी फिर्ता गरेको बताए ।

पुडासैनीलाई आत्महत्या गर्न उक्साएको अभियोगमा रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर