Aamsanchar

नेपालमै पहिलो पटक मूर्तिकला कार्यशाला निर्माण कार्यक्रम हुने

Author Image
बुधवार, भदौ ४, २०७६

इटहरी, 

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो । सो अनुकृति मूर्तिकला कार्यशाला यस प्रदेशका सहभागीले रुचिपूर्वक सहभागिता जनाएको बताउनुभयो ।

इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकारसमेतले बनाएका छन् ।

यस स्थानमा ‘द थिङ्कर’ युद्धपछि चिन्तनतर्फ युगलाई सम्बोधन गर्ने तथा ‘द पिस’ जस्ता मूर्तिका नयाँ आयामलाई हेर्न मिल्ने स्थानको रूपमा यसलाई विकास गर्ने योजनासमेत रहेको अध्यक्ष श्रीले बताउनुभयो ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर