

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्युको प्रकरणले देश ससंकित बनिरेको अवस्थामा राष्ट्रिय योजना आयोगका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरे त्यस्तै फेरी राजधानीमै एक जोडी युवा युवतीको शव भेटिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार युवा युवतीको शव होटलको एक कोठामा फेला परेको हो । ज्ञवालीका अनुसार नयाँबसपार्क स्थित मोरङपर्वत गेष्ट हाउसको कोठामा चितवन घर भएका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुर घर भएकी ३० वर्षीया सबिता उपनामकी सबिना बजगाईंको शव भेटिएको हो प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवैजनाले आत्महत्या गरेको अनुमान गरिएको छ । ज्ञवालीका अनुसार मृत युवकको शव खाटमाथि भेटिएको छ भने युवतीको शव भुइँमा लडेको अवस्थामा भेटिएको छ । मंगलबार त्यहाँ बस्न पुगेका दुवैजना बुधबार बिहान ११ बजेसम्म कोठा चेकआउट गर्न नाएपछि गेष्ट हाउसका कर्मचारी बोलाउन जादा नबोले पछि प्रहरी बोलाएर ढोका खोलेर हेर्दा दुवैजनाको शव नग्न अवस्थामा रहेको ज्ञवालीले बताए । प्रहरीका अनुसार कोठामा मदिरका बोत्तल भेटिए पनि औषधि या विषादीका कुनै खोल भेटिएका छैन । सुसाइट नोट पनि नभेटिएकाले प्रहरीले घटनाको गहन अनुसन्धान भइरहेको जनाएको छ ।


