

इटहरी : इटहरीको चौरास्ता चोकमा पैदल यात्रुको यात्रा जोखिम हुदैगएको अवस्थालाई मध्यनजर गरेर आकाशे पुल निर्माण गरिने भएको छ ।

प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीको मुख्य चोकमा सर्वसाधरण पैदल यात्रुहरूको लागि बाटो काट्न समस्या हुन थालेको भन्दै इटहरीको मुख्य चोकमा आकाशे पुल निर्माण गरिने भएको हो । पुलको निर्माणले इटहरीको मुख्य चोकमा सर्वसाधारणलाई आवत जावत गर्न सहज हुनेछ ।

इटहरीको मुख्य चोकमा विराटनगर धरान व्यापारिक सडक विस्तार मार्गले केही समस्या भएको भए पनि पूर्व पश्चिम मार्गमा भने तत्काल आकाशे पुल निर्माण गर्न लागिएको हो । जसको लागि इटहरी उपमहानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयारी गरिसकेको जानकारी इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले दिए । निर्माणको काम अन्तिम तयारीमा पुगेको छ घिमिरेले भने ।


