Aamsanchar

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शीतल निवासमा शिष्टाचार भेट

Author Image
बिहिवार, भदौ ५, २०७६

काठमाडौँ, 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर