Aamsanchar

अब प्रहरीका श्रीमान‍् श्रीमती एउटै प्रदेशमा

Author Image
बिहिवार, भदौ ५, २०७६

काठमाडौं,

श्रीमान‍् श्रीमती नै प्रहरी हुने हरुका लागी खुसीको खबर आएको छ । अब प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरीका श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राष्ट्रियसभाको बैठकमा बोल्दै श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाइने बताएका हुन् । उनले उनीहरुको रुची र इच्छाअनुसार नै समायोजन गर्ने भनेर प्रहरी समायोजन विधेयक ल्याइएको बताए ।

लैंगिक विभेद नहोस् भन्ने उदेश्यले  उनीहरुको रुची र इच्छानुसार समायोजन गर्ने भनेर विधेयक ल्याइएको उनले बताए । उनले निश्चित पदका प्रहरीमात्र प्रदेशमा समायोजन हुने बताए।

विशेषगरी इन्स्पेक्टरसम्मका प्रहरीहरु त्यही प्रदेशभित्र सरुवा हुन्छन्। त्योभन्दा माथिल्लो पदका प्रहरी अन्तर प्रदेशमा सरुवा हुनसक्छन्। तिनीहरुलाई यो विधेयकले पुल दरबन्दीमा प्रदेशमा पठाइएको हुन्छ।

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर