
दमक। डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि झापाको दमकमा लामखुट्टे मार्न विषादीयुक्त धुँवा ९ फगिङ छर्किन नगरपालिकालाई स्थानीयले दबाब दिन थालेका छन् । यसको खास प्रभाव केही नहुने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले फगिङ गर्न खोजेको थिएन ।
धुँवा फैलिएपछि लामखुट्टे मरे पनि त्यसका लार्भा तथा अण्डा नष्ट नहुने भएकाले यो प्रभावकारी नहुने र श्रोत पहिचान गरेर त्यसलाई नष्ट गर्ने कार्य प्रभावकारी हुने बताइँदै आएको छ ।

हामी श्रोतमा नै गएर लामखुट्टेका लार्भाहरु नष्ट गरिरहेका छौं तर बिषादि नछर्केको भनेर हामीमाथि स्थानीयको दवाव परिरहेको छ– दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले भने ।दमकसहित झापामा अहिलेसम्म २ सय २३ जनामा डेंगु देखिएको छ । यसमा सबैभन्दा बढी दमकका रहेका छन् ।

दमकमा पछिल्लो तथ्याङ्क अनुसार १ सय २७ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । यसलाई फैलिन नदिन हामी सचेतना र लार्भा नष्ट गर्ने कार्यमा लागेका छौं– अर्यालले भने ।……..

