Aamsanchar

योजनासहित प्रस्ताव ल्याउन पर्यटनमन्त्रीको आग्रह

Author Image
बिहिवार, भदौ ५, २०७६


इलाम। संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्री योगेश भट्टराईले स्थानीय तहले बनाएको मास्टर प्लान अनुसार सघीय सरकारले सहयोग गर्ने बताएका छन् ।

गृहजिल्ला ताप्लेजुङ जाने क्रममा इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन प्रबद्र्धनको मुख्य केन्द्र पूर्व भएको बताए । उनले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा के बिषयमा वा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने बारेमा गुरुयोजनासहित प्रस्ताब गर्न पनि आग्रह गरे ।

‘सूर्योदय नगरपालिकामा धेरै पर्यटकीय क्षेत्र रहेका छन्’– मन्त्री भट्टराईले भने– ‘यस आर्थिक बर्षको योजनाहरु तय भइसकेकोले आगामी आर्थिक बर्षको लागि प्रस्तावहरु पेश गर्न नभुल्नु होला ।’ उनले देशभरिबाट आएका प्रस्तावहरुलाई आवश्यकता र औचित्यका आधारमा आफ्नो मन्त्रालयले छनौट गर्र्ने बताए ।

पर्यटन बर्ष २०२० लाई ध्यानमा राखेर आफ्नो मन्त्रालय र सिंगो सरकार लागीरहेको र सबै मिलेर पर्यटन बर्ष २०२०लाई सफल बनाउनुपर्नेमा मन्त्री भट्टराईले जोड दिए ।

यसअघि नगरपालिकाकी उपप्रमुख दुर्गादेबी भट्टराईले नगरपालिकाको गतिबिधिबारे मन्त्री भट्टराईलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा नेकपा इलामका अध्यक्ष एबम् प्रदेश नं। १ का सांसद रामबहादुर राना, सांसद काजीमान कागते, माई नगरपालिकाका प्रमुख दीपक थेवे लगायत नगरका जनप्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)