काठमाडौं ।

माउन्टेन टेलिभजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान तिब्र गतिमा अघि बढेका बेला चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बल्ल घटनाबारे प्रतिक्रिया दिएकी छिन् ।

आज प्रेस विज्ञप्ति जारी गरेर मेयर रेणुले ‘दोषी नछुटून, निर्दोष नपरुन’ भन्दै जतिसक्दो छिटो घटनाको सत्यतथ्य छानबिनका लागी सरकारसँग माग गरेकी छिन् ।

प्रचण्डपुत्री रेणुली आँफु आफ्नो परिवार र पार्टीलाई जोडेर आएर आक्रामक प्रतिक्रियाको भने उनले खण्डन गरेकी छिन् । हेर्नुहोस् रेणुले सार्वजनिक गरेको विज्ञप्ति जस्ताको त्यस्तै



Views: 122

