Aamsanchar

पहुँच र बोलबालाकै रजाई, साना किसानमा पुग्दैन कृषि अनुदान

Author Image
शुक्रवार, भदौ ६, २०७६

नेपाल सरकारले प्रदान गर्दै आएको कृषि अनुदानबाट पहुँचवाला ठूला किसान मात्रै लाभान्वित भएको तथ्याङक बारिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको कृषि विकासका क्षेत्रमा प्रदान गरिने अनुदानको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनले पहुँच हुने किसानले मात्रै अनुदान पाएको जनाएको हो ।गत बर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको निर्देशनमा गठित अध्ययन टोलीले यस्तो प्रतिवेदन बनाएको थियो । टोलीका संयोजक तेजबहादुर सुवेदीले अध्ययनका क्रममा लक्षित किसानले अनुदान नपाएको भेटिएको बताएका थिए । मध्यम तथा साना किसानलाई लाभ हुनेगरी ल्याइएको अनुदान सुविधा ठूलाले लिएको भेटिएको उनले स्पष्ट पारेका छन ।

‘किसानले पनि परियोजनाको लागत अनुमानितभन्दा बढी देखाउने र मिलेमतोबाटै अनुदानको अनियमितता हुने गरेको भेटियो’, उनले भनेका थिए ।सरकारी निकायबाट लगानी गरिने र किसानले फिर्ता गर्नु नपर्ने पुरक अनुदानमा ठूलो रकम पहुँचवाला व्यक्तिहरुले कार्यक्रम ब्यवस्थापनमा संलग्न संयन्त्रलाई समेत अनुचित दबाव दिई लिने गरेको प्रतिवेदनले औंल्याएको थियो ।

कतिपय अनुदानमा कसका लागि, के प्रयोजनका लागि, कति समयका लागि र कति जनाको लागि भन्ने कुराको स्पष्ट नहुने र प्रकृया झन्झटिलो भएकाले पनि कृषि अनुदानको प्रभावकारिता देखिन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । त्यस्तै किसानलाई दिइने मेसिनरी उपकरणको मुल्याङ्कन बजार मूल्यभन्दा बढी गरिने गरेको, त्यस्ता उपकरणको मूल्य बजार मूल्यभन्दा महँगो पर्न गएकाले अनुदानको लाभ किसानलाई हुन नसकेको हो ।

अनुदानको सही प्रयोगका लागि साना तथा मध्यम किसानहरुलाई परिचयपत्रको ब्यवस्था गर्नुपर्ने र परिचयपत्रको आधारमा सरकारबाट वितरण हुने सेवा सुबिधाहरु उपलब्ध गराउने ब्यवस्था मिलाउन आवसेक रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर