

झिलझिले, ६ भद्रौ । कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएका कनकाई -१० का साहेव सतारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेले २ सय लिटर घरेलु रक्शी र त्यसमा प्रयोग हुने ४ सय केजी कच्चा पदार्थ फेला पारेको छ । विहीबारदेखि उनी वेपत्ता छन् । उनको खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाई छ ।

उनलाई खोज्ने क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी-१० स्थित टेक्रा वस्तीबाट उक्त वस्तु फेला पारेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । खोज्दै जाने क्रममा प्रहरीले कनकाई नदीको पुर्वमा टेक्रा बस्तीबाट उक्त वस्तु फेला पारेको प्रहरी निरीक्षक ठाकुरले बताए ।

नदी किनारमा घरेलु रक्शीको गन्ध आएपछि शंका लागेर प्रहरीले खोजतलास गरेको थियो । सोहि क्रममा घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ । उक्तक्षेत्रमा प्रहरीको पातलो उपस्थितीको फाइदा उठाएर यो धन्दा चल्ने गरेको स्थानीयको भनाई छ । सो क्षेत्र इलाका प्रहरी कार्यलय झिलझिले मातहतमा पर्दछ । स्थानीय प्रशासन र पालिकाकोलागि दुर्गम क्षेत्र हो । टेक्रा पश्चिम कनकाई नदी रहेकाले त्यहाँका स्थानीयले नगरपालिका र प्रहरीको सहयोग माग्न सुरुङ्गा हुदैं झिलझिले आईपुग्नु पर्ने बाध्यता रहेको जनप्रतिनिधिहरुको भनाई छ ।

समाजमा हुने आपारधिक घटनाहरुमध्ये ६० प्रतिशत भन्दा बढी मादक पदार्थका कारण हुने गरेको प्रहरीको तथ्याङ्क छ । केही महिनाअघि इलाका प्रहरी कार्यालय झिलझिलेको नेतृत्व समहाल्न आइपुगेका प्रहरी निरीक्षक ठाकुरले यतिखेर समाजमा हुने आपराधिक घटनाका कारण पत्ता लगाएर नियन्त्रण गर्न सक्रियतापूर्वक लागेका छन । मादक पदार्थका कारण घरेलु हिँसालगायत अन्य आपराधिक घटना हुने गरेको भन्दैं प्रहरी निरीक्षक ठाकुरले घरेलु मदिरा नियन्त्रण मात्र गर्न सके समाजमा हुने आपराधिकका घटना निक्कै कमि आउने बताए । वरामद वस्तु शुक्रबार जनप्रतिनिधी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरुको रोहवर नष्ट गरिएको छ ।
झापा जिल्लाका विभिन्न भागमा नक्कली मन्दिराहरु छयाप्छयाप्ती रुपमा पाईने गरिएको छ । सम्बन्धित निकायबाट मदिरा बिक्री बितरणका लागि इजाजत पत्र नलिई अवैधरुपमा घरमै तयार गर्ने गरेको आन्तरिक राजस्व कार्यालय मेचीले अनुगमन गर्दा फेला पारेको जनाएको छ । आन्तरिक राजस्व कार्यालय वा सो नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट मदिरा बिक्री बितरणका लागि इजाजत लिनुपर्ने हुन्छ ।
यसरी तयार गरिएका नक्कली मदिराहरुमा अन्त शुःल्कको स्टीकर बिना नक्कली बिर्काे लगाएर झापा लगायत सुनसरीका विभिन्न स्थान सम्म बिक्री बितरणका लागि पुर¥याउने अनुगमनका क्रममा फेला पारेको कार्यालयका एक कर अधिकृतले बताए । यस्तो धन्दा गर्नेलाई १ बर्ष कैद १० हजार जरीवना र बिगो बमोजिमको जरिवाना लिन सकिने कानुनमा उल्लेख रहेको कार्यालयले जनाएको छ ।

