Aamsanchar

हल्दिवारी न्यायीक सम्पादनमा नेपालकै उत्कृष्ट गाउँपालिका

Author Image
शनिवार, भदौ ७, २०७६

बिर्तामोड । हल्दिवारी गाउँपालिका न्याय सम्पादनमा नेपालकै गाउँपालिकाहरु मध्य उत्कृष्ट गाउँपालिका रहेको न्यायीक अनुसन्धानले देखाएको छ ।

स्थानीय सरकारले जिम्मेवारी पाए सगै हल्दिवारीले न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको र स्थानीय मुद्दा मामिलालाई सुनवाइ गरि १ महिना भित्र निर्णय दिन न्यायीक समिति सक्षम रहेको पाईएको छ ।गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि संयोजक रहेको ३ सदस्य समितिमा शान्ता गौतम र पदम शुन्दर राई सदस्य रहेका छ्न ।

न्यायिक समितिले आर्थिक बर्ष ०७४र०७५ मा परेका ७ वटा मुद्दा लाई छलफल गरि फैसला गरेको थियोे भने ०७५र०७६ को आर्थिक बर्षमा परेका ३५ उजुरी मुद्दालाई समेत कार्वनहिन गरेको पाईन्छ ।न्यायीक समितिले परेका १० मुद्दालाई आपसी छलफल गरि मेलमिलाप गरि दिएको पाइन्छ भने १० मुद्दालाई छलफल पश्चात् जिल्ला अदालत पठाएको देखिन्छ ।१६ वटा मुद्दा भने छलफल पश्चात् अन्य गाउँ पालिका पठाइएको न्यायीक समिति संयोजक गाउँपालिका उपाध्यक्ष गिरि बताउनु हुन्छ ।

संयोजक गिरिका अनुसार हप्ताको एकदिन न्यायीक समितिको इजलास बस्ने गरेको छ भने न्याय सम्पादनमा चित नबुझे उनिहरुले पुनरावेदन जिल्ला अदालतमा गर्नु पर्छ ।हाल सम्म फैसला गरेका कुनै पनि मुद्दाहरु पुनरावेदन गर्न नगएको उनी प्रष्ट गर्छ्न । गाउँपालिका न्यायीक समितिमा जग्गा ,बाटो ,सिमाना ,बालिबिरुवा ,ज्याला मजदुरी ,पतिपत्नी बिचको झगडा ९ मानोचामल ० सम्बन्धि मुद्दा पर्ने गरेको देखिन्छ ।

न्यायीक समितिले न्याय सम्पादन गर्न सजिलो होस भनेर ५ वटै वडाका ३२ जनालाई ४८ घन्टे मेलमिलापकर्ताको तालिम समेत दिएको छ ।यश आर्थिक बर्षमा पनि न्याय सम्पादक गर्न सजिलो होस भनी गाउँ पालिकाले ५० जनालाई मेलमिलापकर्ताको तालिम दिदै छ ।जस्ले गर्दा टोल टोलमै मेलमिलाप कर्ताले झैझगडा मिलाउन सक्ने बाताबरण मिलाउने छ्न ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२
राष्ट्रपति आज जापान जाँदै
आइतवार, माघ १८, २०८२
आज नेपालले भारतसँग खेल्ने
शनिवार, माघ १७, २०८२