Aamsanchar

शान्ति सुरक्षा कायम गर्न प्रदेश १ प्रहरी सङ्गठन सचेत

Author Image
सोमवार, भदौ ९, २०७६

मोरङ प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगीरव्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन् । कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगीरव्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगीरव्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गरे ।

प्रहरी नायब महानिरीक्षक ज्ञवालीले प्रदेश प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील रहेको बताए ।

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लास्थित उद्योग सङ्गठनले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा हालै सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन सङ्गठन सदैव तत्पर रहेको र आम जनताले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गरे ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर