Aamsanchar

पूर्व साँसद देखि गाबिस अध्यक्ष सम्मको मिलेमोतोमा साहाराको २ बिगाह जग्गा बिक्री

Author Image
सोमवार, भदौ ९, २०७६

बेलबारी । मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा पुर्व साँसद देखि पुर्ब गाबिस अध्यक्ष सम्मको मिलेमोतोमा ३ करोड मुल्यमा बिक्री भएको रहस्य सार्बजनिक भएको छ ।

बालग्रामको नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिको नाममा गईसकेको छ । नेकपा एमालेको पुर्ब साँसद हर्कमान तामाङ,बेलबारी गाबिसका पुर्ब अध्यक्ष शिवप्रसाद बराल लगायत नेकपाका आधा दर्जन बढी नेताको मिलेमोतोमा सो जग्गा ईटहरीका ब्यबसायी डम्बरबहादुर तामाङको नाममा गएको नेपका संयन्त्र वडा कमिटि बेलबारी २ ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बि.स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्नेउद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको भन्दै जग्गा साहाराकै नाममा फिर्ता हुनुपर्ने माग सहित नेकपा आन्दोलनमा उत्रिएको छ । पत्रकार सम्मेलनमा उनीहरुले बिक्रिी गर्ने नेताहरुको नाम नै लिएर ब्यत्तिगत स्वार्थका लागी पार्टीको झण्डामुनि बसेर गलत काम गर्नेलाई पार्टीबाट निष्कासन सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
संयन्त्रको सोमबार बिहान बसेको बैठकले जग्गा फिर्ताको पहल गर्ने देखि सो कार्यमा संलग्नहरुलाई पार्टीबाट समेत निष्कासन गरी कडाभन्दा कडा कारबाहीको माग गर्ने निर्णय समेत गरेको छ । बैठकपछिको पत्रकार सम्मेलनमा वडा संयोजक सीताराम न्यौपाने,उपसंयोजक रञ्जित गुरुङ,वडाध्यक्ष घनश्याम गौतम,सदस्य खिनामाया बस्नेत लगायत सयौँको संख्यामा उपस्थित स्थानीय र साहारामा आश्रित परिवारले सो कार्यको बिरोध गरेका छन । वडाध्यक्ष गौतमले साहाराको जग्गा जसरी पनि फिर्ता गराउने भन्दै आश्रित परिवारलाई त्याँहा छोडेर अन्यत्र नजान् आग्रह गरेका छन । उनले पार्टीको झण्डामुनि बसेर यस्तो क्रियाकलाप गर्ने जो कोही भएपनि नछोडने बताए ।

संयोजक न्यौपानेले पार्टीको बदनाम गरेर संस्थाको जग्गा बेच्नेलाई जसरी पनि कारबाही गरेरै छोडने बताएका छन । त्यसका लागी जस्तोसुकै आन्दोलन गर्नुपरेपनि आफु तयार रहेको बताएका छन । साहारामा आश्रित परिवारका सदस्यहरुले नेकपाका नेताहरुको नाम नै लिएर आफुलाई साहारा छोडन धम्की दिने गरेको बताएका छन ।
यस बिषयका तत्कालिन बेलबारी गाविसका अध्यक्ष तथा सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बरालले जग्गा बिक्री भएको स्वीकार गरेका छन । उनले आयआर्जनको काम गर्ने उद्धेश्यका साथ बिक्री भएको र त्याँहा आश्रित परिवारका लागी रोजगारीको ब्यबस्था गरिने बताए । सहारालाई अब चलायमान गराउन र उद्यम तथा रोजगारमुलक काम गर्ने योजना रहेको कुरा सार्वजनिक गरिएको र त्यसै अनुसार सबै कामहरु भैरहेको दावी गरे । गार्मेन्ट तथा कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले ऋणको प्रकृया अघि बढाइएको भएपनि निस्क्रिय संस्थामा लगानी नपाइएकोले सम्झौता र सहमतिका आधारमा व्यक्तिको नाममा जग्गा लगिएको उनले दावी गरेका छन ।

सो बालग्राममा हाल २८ परिवार बसोबास गरिरहेका छन । उनीहरुलाई बेलबारीकै नेकपाका केही नेताहरुले बालग्राम छोडन धम्की दिएको उनीहरुले गुनासो गरेका छन । संस्था स्थापना हुनुपुर्व सो जग्गा खरिद गर्दा हर्कमान तामाङले रकम लगानी गरेको बताएपनि नेकपाका स्थानीय नोतहरु उनले लगानी केही पनि नरहेको र बालग्राममा भएका कम्प्युटर देखि कार्पेट सम्म तामाङले लगी सम्पत्ति दुरुपयोग गरेको बताउँछन । नेकपा वडा नम्बर २ का संयोजक सीताराम न्यौपानेले तामाङको तत्कालिन समयमा लगानी गर्ने हैसियत नभएको बरु त्याँहाका सबै सामान लैजाने देखि कम बालबालिका भएपनि बढी देखाएर कितर्ने गरी रकम खाएको आरोप लगाए । साहारालाई तत्कालनी समयमा चलनचल्तीभन्दा सस्तो मुल्यमा जग्गा दिएकाहरु संस्थाको लागी दिएको जग्गा ब्यत्तिले बेचेर खाएको सुन्दा निराशा छाएको बताउँछन ।

के हो साहारा ?

भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारामा भवन तथा संरचना निर्माण लगायतमा विदेशी नागरिकको लगानी रहेको छ ।
साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् । सहारामा आश्रय लिएर बसेका २८ परिवार त्यहाँबाट विस्थापित हुने त्रासमा बसेका छन् ।
केही दिन अघिमात्रै सहाराका अध्यक्ष बराल,पुर्वअध्यक्ष तामाङ लगायत नेकपाका अन्य केही नेताहरुले सहारामा आश्रित सबै परिवारका सदस्यलाई बोलाएर छलफल गराएका थिए । सो क्रममा उनीहरुले सहाराका घरहरु छाड्नुपर्छ भनेको भन्दै उनीहरु त्रसित बनेका छन् । २०५६ सालदेखि बस्दै आएका ति परिवार अहिले विभिन्न वहानामा आफूहरुलाई विस्थापित गर्न लागेको भन्दै आक्रोसित समेत बनेका छन् ।

संस्थाको जग्गा कसरी गयो ब्यत्तिको नाममा ?

संस्थाको जग्गा ब्यत्तिको नाममा कसरी गयो भन्ने चासो समेत धेरेलाइ उत्पन्न भएको छ । जग्गा बेचिएको थाह भएपछि साहारा रहेको बेलबारी २ वडा कार्यलयमा जग्गा सम्बन्धि कुनै बिवरण भेटिएन । मालपोत कार्यलय बेलबारीको रेकर्डमा भएको साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा तामाङको नाममा गएको देखियो ।सहाराको नाममा रहेको जग्गा अदालती प्रकृया पुरा गर्दैै व्यक्तिको नाममा गएको देखिएको छ ।
मालपोतमा भएको अभिलेखमा ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेज को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार (उल्लेखित कित्ता नम्बरका जग्गाहरु) ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा आएको छ ।’ हाल साहारा परिवारको नाममा साविक हरैँचा ५ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्तानम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको लेखिएको छ ।

पूर्वेली न्यजबाट साभार

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर