Aamsanchar

विवाह गर्छु भनि युवकले यस्तो गरे किशोरीलाई

Author Image
सोमवार, भदौ ९, २०७६

रुकुमपश्चिम,

विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिकोटको बागबजारमा रहेको आफ्नै कोठामा ल्याएर बलात्कार गरेको लिखित जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीकार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बुढाले किशोरीलाई फेसबुकबाट परिचय गरी यही भदौ ५ गते विवाह गर्छु भन्दै कोठामा ल्याएको र सोही राति १०ः३० बजे बलात्कार गरेको तथा ललाइफकाई दुई दिनसम्म कोठामा राखेको जाहेरीमा उल्लेख छ ।

त्यसपछि यही भदौ ७ गते आफूलाई कोठामा बाहिरबाट ढोका बन्द गरी थुनेर बुढा भागेका र किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

जाहेरीका आधारमा खोजतलास गर्दा आज बिहान १०ः०० बजे मुसिकोटको शेरीगाउँबाट आरोपी बुढालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । उनीमाथि जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर