Aamsanchar

दुई महिला गाँजासहित पक्राउ परे

Author Image
सोमवार, भदौ ९, २०७६

पाल्पा, 

जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण राज सापकोटाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुचाबाट ५५० ग्राम र रानाबाट ३५० ग्राम गाँजा नियन्त्रणमा लिएको हो । सिद्धार्थ राजमार्गमा पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बस रोकी जाँच गर्दा उक्त गाडीमा यात्रा गर्ने दुई महिलाका बोरामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

दोभान प्रहरी चौकीका प्रनानि बालबहादुर घर्ती नेतृत्वको टोलीले महिलालाई नियन्त्रण लिएको हो ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर