Aamsanchar

बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

Author Image
मङ्गलवार, भदौ १०, २०७६

मान्म, 

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर