सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।उक्त एपको नाम त्जचभबमक हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।थ्रेड एपलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि जसमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना क्लोज फ्रेण्ड लिस्टमा भएका मानिसहरुसँग आफ्नो लोकेसन, स्पीड तथा ब्याट्री लाइफ शेयर गर्नका लागि इन्भाइट गर्न सक्नेछन् ।
यो सँगै इन्स्टाग्रामको क्रियटिभ टुल्सका माध्यमबाट आफै टेक्स्ट, फोटो तथा भिडियो मेसेज जस्ता सोसल मिडिया पोस्टहरु पनि शेयर गर्न सकिनेछ ।
यो एपको प्रयोग इन्स्टाग्रामका क्लोज फ्रेण्डका लागि गर्नका लागि डिजाइन गरिएको भएपनि अहिले यसको परीक्षण फेसबुकको प्लाटर्फममा भैरहेको छ । इन्स्टाग्रामकालागि यो एप कहिले लञ्च हुने भन्ने आधिकारिक जानकारी फेसबुक दिएको छैन ।
स्मरण रहोस् गत जनवरी महिनामा फेसबुकले एक घोषणा गर्दै ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम जस्ता सर्भिसहरुलाई मर्ज गर्ने योजना बनाइरहेको जनाएको थियो ।यदि यसो भएमा प्रयोगकर्ताहरुले एक एपबाट अर्को एपमा स्विच नभईकनै एक अर्काका प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 257