काठमाडौं, 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लकु लगाएको छ ।

मन्त्री महासेठ चढ्ने गाडी नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको बताइएको छ ।

ट्राफिक प्रहरीका अनुसार सेठले चढेको गाडी नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको हो ।

यसअघि गत असार ११ गते बा २ झ ४३८८ नम्बरकोगृह प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।
Views: 194

