

शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः
मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।

बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व बिकासको यो पृष्ठभूमीलाई अनि सभ्यताको यो उचाईलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान वैज्ञानीक आइन्सटाइनले ?

आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा ?

आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको आधूनिकिकरणको अभ्याससंगसङ्गै घोंडा, हात्तिको सवारगरी तरवार, धनुषवाण तथा ढालबाट यूद्धहरु लड्न शुरु गरेको विश्वले क्रमैसंग बन्दुक, गोला, हवाइजहाज हुँदै आणविक हातहतियारका माध्यमले यूद्ध लड्न थालेको इतिहास छ । दोश्रो विश्वयूद्धमै पनि जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयूद्धले पूर्णबिराम पाएको हो । स्मरण रहोस् हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझैपनि छँदैछन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधरणको दुःखद मृत्यू भएको थियो ।
यस्ता हतियारहरुलाई सामूहिक बिध्वशं गर्ने हतियार भनिन्छ, जम्मा ११०० किलोग्राम थर्मोन्यूक्लीएर बलमे १२ लाख टीएनबी शक्ति उत्पादन गर्दै एउटा विशाल अत्याधूनिक शहर नै बिकिरण र बिष्फोटनका माध्यमले ध्वस्त पार्ने क्षमता राख्दछ ।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै आणविक हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई सखाप पार्न तल्लीन धेरै देश र तीनका सरकारहरु रहेका छन् ।
बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन आणविक शोध अनि हतियार बिकासमा खर्च भइरहेको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्नेदेखि विश्व समूदायसंग वास्ताकुस्ता नराखि अलग्गै प्रणालीमा बाँच्ने देशहरुसम्म आणविक दादागारिको दौडमा छन् । जसलार्इ नियन्त्रण र निस्तेज गर्नु आज विश्व समूदायको सामू ठूलो चुनौति बनि उभिएको छ ।
हर्रो नपाउने जोगी जाइफलको भोगीू भनेंझैं सामाजिक र मानविय धरातल कमजोर भएको विश्व आणविक हतियारको भोगी भएको छ । विध्वशंकालागि यो भन्दा दूर्भाग्य अरु केही पनि हुन सक्दैन् ।
सन् २००९ को डिसेम्बर २ मा संयूक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन शुरु गरेको हो ।
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौं । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरुलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र रु समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हो ।
आखिर हामी बस्ने पृथ्वी, वातावरण, माटो अनि जल त विश्वभरि उही त हो रु यिनै कुराहरुमा असर परेमा मानव अनि सभ्यताको अस्तित्व बाँकी नरहेर चौथो विश्वयूद्धमा ढुङ्गाको हतियार प्रयोग हुने आइन्सटाइनले भनेको हुनुपर्दछ ।
हिन्दू शास्त्रहरुमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रह्मास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरु त हामीले पढेकै छौं । ब्रह्मास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । आणविक शक्ति बिकास अनि वृद्धिकालागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरुलाई चरितार्थ गर्न खोजेको हुनपर्दछ ।
विश्वलाई शान्ति चाहीएको छ ।
भू(मध्य रेखाबाट दुवैतर्फको ध्रुवहरुसम्म, प्रशान्त महासागरदेखि मृत सागरसम्म, सगरमाथादेखि सहारा मरुभूमिसम्म शान्ति अनि भातृत्वका नाराहरु गुञ्जिने समयको प्रतिक्षामा हामीसबै छौं ।
एउटा शहरलाई नै क्षणभरमा ध्वस्त पार्न सक्ने विश्वले एउटा शहरलाई नै क्षणभरमा बिकसित अनि समृद्ध बनाउनसक्ने प्रविधि किन ल्याउन सक्दैन रु यदि बिकास भनेको विनाश नै हो भने प्रविधि र अनुसन्धानको सप्को समातेर डराई(डराई बाँच्नु भन्दा मानवलाई ढुङ्गे यूगमै शान्तिसंग बाँच्न प्यारो छ, जीवनको अर्थ बाँच्न पाउनु हो । सबैको रक्षा होस् !

