

काठमाण्डौ । भारतको पस्चिम बंगालको सिगिगुडी नेपालीहरुको पनि पनि प्रमुख बजार हो । सिगिगुडी जान भारतको सिमा पानीटंकीवाट मात्र बस चढनु पर्ने बाध्यता अव टरेको छ ।

नेपाल भारत बस सेवा सञ्चालनमा आए पछि उक्त समस्या टरेको हो । सोमवारबाट काठमाण्डौ सिलीगुड़ी बस सेवा सञ्चालनमा आएको हो । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मनजीव सिंह पुरीले संयुक्त रूपमा बस सेवाको उद्घाटन गरेका थिए ।

बस सञ्चालकका अनुसार काठमान्डौं – काँकडभिट्टा – सिलीगुड़ी दैनिक बस सञ्चालनमा आउने छ । कार्यक्रममा बोल्दै मन्त्री महासेठले नेपाल र भारतको सम्बन्ध रामायण र महाभारतको समय देखि ऐतिहासिक रहेको र यस बस सेवाले अझ बलियो बनाएको बताए । त्यसै गरी राजदूत पुरीले काठमान्डौ सिलीगुड़ी नेपाल र भारतको महत्त्वपूर्ण सडक मार्ग रहेको बताए । बस सेवाले पूर्वी नेपाललाई पश्चिम बंगालको सिलीगुड़ी र दार्ज्लििङ सँग जोड्ने उनले बताए । उनले ‘भने यसबाट दुवै देशका जनतालाई फाइदा हुन्छ र दुवै देशका जनताहरू बिचको सम्पर्कलाई अझ बलियो बनाउँछ’ ।


