Aamsanchar

अब इटहरी रात्रिकालमा पनि खुल्ला हुने, तयारी अन्तिम चरणमा

Author Image
बिहिवार, भदौ १२, २०७६

नमुनाकोलागि ठमेल बजारको फोटो

इटहरी :  इटहरीमा रात्रिकालीन बजारलगाउन स्थानिय सरकारले तिब्र रुपमा काम गरिरहेका छ ।

बढदो तापक्रमका कारण दिउसो लगभग बजार सुनसान नै हुन्छ कारोबार पनि राम्रो हुदैन । जव साझ पर्छ सथानिय हरु पनि किनमेलमा निस्कन्छन तर सम्साँझै बजार बन्द हुँदा बाहिरबाट आएका आगन्तुक तथा पर्यटकले सामग्री खरिद गर्नमा समस्या रहेको थियो । रात्रिकालीन बजारले आगन्तुक तथा पर्यटकहरूलाई सहज बनाउने विश्वास लिइएको छ । इटहरी चोक आसपासका बजार साँझ नहुँदै बन्द हुने गरेको गुनासो बढेका आधारमा इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजार शुरु गर्न लागेको हो ।

इटहरी नगरसभाले नमूना रात्रीबजारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यहीअनुरूप अहिले बजार लगाउन इटहरीको आइतबारेमा धमाधम काम भइरहेको रात्रिकालीन बजार निर्माण समितिका संयोजक कृष्ण भट्टराईले बताए । भट्टराईले भने, ‘इटहरी बजारमा केही समयभित्रै रात्रिकालीन बजार शुरु हुँदैछ ।’

रात्रीकालीन बजार लगाउन अहिले आइतबारेमा निःशुल्क वाइफाइ जोड्ने, रुखहरूमा रङ्गरोगन गरी आकर्षक बनाउने कार्य भइरहेको तथा सार्वजनिक शौचालय र प्रहरी बिटको निर्माण कार्य यथाशक्य चाँडो शुरु गरिने तयारी समितिका संयोजक भट्टराई बताउँछन् । इटहरी क्षेत्रमा कार्यान्वयन गर्न सके यहाँको अर्थतन्त्रलाई थप चलायमान बनाउदै आन्तरिक पर्यटनको समेत प्रवद्र्धन हुने होटल व्यवसायी अनुरोध थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)