Aamsanchar

मालपोतका खरिदार लाख भन्दा माथी घुस रकमसहित पक्राउ

Author Image
बिहिवार, भदौ १२, २०७६

बुटवल । पछिल्लो समयमा सबैभन्दा धेरै भ्रष्टचारहुने कार्यालय मालपोत हो भन्ने आरोप लागि रहेको बेला  मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर