

चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । पानीमा मात्रै छायांकन गर्नुपरेकाले पनि यसको काम लम्बिएको हो । चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् ।
नायिका पन्तले चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् ।

सुरक्षाले चलचित्रमै कपाल मुण्डन गरेको देखाउनुपर्ने भएकाले आफूले संझौता नगरेको बताइन् । भनिन्–‘आफ्नो लामो कपाल मुण्डन गर्दा भावूक त भएँ । तर, कपाल मुण्डन नगर्दा दृश्यमा भाव नदेखिने भएकाले मैले हुँदैन भनिन ।’
Views: 280

