Aamsanchar

रवि ! पार्टीको झण्डा ओड्छौ कि राष्ट्रिय ?

Author Image
बिहिवार, भदौ १२, २०७६

नरेन्द्र ढकाल ।

संविधान बनेपछि देशले स्थायित्व पाउने संक्रमणकालको अन्त्य हुनेछ । देशले विकासको फड्को मार्नेछ भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । मुलुकले नयाँ संविधान पनि प्राप्त ग¥यो, संविधानकै भावना अनुसार तीन तहको सरकार पनि निर्माण भएको दुई वर्ष पूरा भइसकेको छ ।

विकासका कामले गति नलिएको होइन । तर, जनताले जुन अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार चाहिँ पटक्कै काम भएको छैन । वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर अघि बढिरहेको छ । नेपाली कांग्रेसले दर्बिलो तरिकाले समेत प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन ।

मुलुकमा निराशा व्याप्त भइहरेका बेला आशाको केन्द्र बनेको जनतासँग सिधा कुरा कार्यक्रम पनि विवादमा प¥यो । न्यूज २४ का कार्यक्रम सञ्चालक रवि लामिछाने र पत्रकार युवराज कँडेललाई दोषी देखाउँदै उनीहरुकै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गरे । प्रहरीले आत्महत्या हो भनेर घटनालाई अदालतमा पेश गरिसकेको अवस्थामा हत्या या आत्महत्या भनेर बहस गर्न जरुरी ठानिन् । तर, धेरैले आत्महत्या हो भनेर पत्याएका छैनन् । यो पंक्तिकार पनि झट्टै आत्महत्या नै हो भन्नेमा विश्वस्त रहेको छैन । जे होस्, घटना नहुनुपर्ने थियो भयो ।

भिडियोमा रविका कारण आत्महत्या गर्न बाध्य भएको कुरा बाहिरिएसँगै प्रहरीले एकाएक रवि र युवराजसहित तीन जनालाई नियन्त्रणमा लियो । प्रहरीले रविलाई नियन्त्रणमा लिएर हिरासतमा राखे लगत्तै चौतर्फी विरोध शुरु भयो । उनीहरुको एउटै नारा थियो शालिकरामको हत्यारालाई न्याय दे, रवि लामिछानेलाई रिहा गर । मार्ने र आरोपी दुवै एकै पेशाका ब्यक्ति हुन धेरैले आंकलन गरेका थिएनन् होला रविको कार्यक्रम प्रति जनताको यति धेरै विश्वास अडिएको छ भनेर ।

जब राज्य शक्ति कमजोर हुन्छ त्यहाँ ब्यक्ति हावी हुनु स्वभाविकै हो । आखिर जनताको ढुकढुकी बनेर जनताको आवाज बोल्ने रवि आज सबैको भरोसा बने । विश्वमै सायद पहिलो पटक हुनुपर्छ एक पत्रकारको पक्षमा यति धेरै जनता सडकमा उत्रिएको घटना । के वृद्धा, के बालक, के युवा सबैको एउटै स्वर थियो– रविलाई फसाइँदैछ ।

हो, एक स्वच्छ छवि र निडर भएकै कारण आज रवि प्रति मानिसको भरोसा र विश्वास जाग्दै गएको हो । चितवनसहित देशभर प्रर्दशन बढ्दै गएपछि रवि प्रतिको अनुसन्धान छिटो सक्नुपर्ने दबाब प्रहरीमा प¥यो । १२ दिनपछि रविलाई अदालतमा उपस्थित गराएर धरौटीमा छाड्न अदालतले आदेश दियो । अब उनले शालिकरामको विषयमा बोल्न नपाए पनि उनले अरु विषयलाई भने जनतासँग सिधा कुरामा अझ जोडदार रुपमा उठाउन पाउने भएका छन् ।

रिहा भए लगत्तै सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद दिएका रविले । मंगलबार चितवनको नारायणी नदी किनारमा जनतालाई रविले गरेको सम्बोधन निकै ओझपूर्ण थियो । उनले आफूविरुद्ध लाग्नेलाई सर्पको संज्ञा दिइरहँदा जनसागरले उनका शब्दलाई अझ उच्चाईमा पु¥याएका थिए ।

वृद्ध बुबाआमा, साना बालबालिका, युवायुवती दाजुभाइ–दिदीबहिनीको आशीर्वादले गर्दा आफूलाई कसैले केही गर्न नसक्ने र छातीमा नौ गोली खाए पनि नमर्ने उद्घोष गरिरहँदा लाखौं जनसमुदायले हाम्रा रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ भनेर एउटा राष्ट्रभक्ति छोराको छाती ढक्क फुलिएको थियो भने नेपाली हुँ भन्नमा गर्व लागेको थियो ।

रविलाई अबका दिनमा अझ चुनौति थपिएको छ । अब अझ धेरै गर्न बाँकी छ, तर आवेश र उत्तेजनामा आएर हतारको निर्णण नगर्नुहोला । रवि रवि नै मर्ने हो भने एकपटक सोच्नु । राष्ट्रिय झण्डा ओड्ने कि पार्टीको झण्डा ओड्ने ?

तिमीलाई सिध्याउन केही ब्यक्तिले राजनीतिमा आउँ भन्न सक्छन् । तर, तिमीले जनतासँग सिधा कुरा मार्फत नै धेरै काम गर्न बाँकी नै छ है । यहाँ घुसखोरी बन्द भएको छैन, चेली बेचिने क्रम रोकिएको छैन, बलात्कारका घटनाको त कुरै नगरौं, जनता देशको चिन्ता तिमी माया माया भन्छौं भने झैं नेतालाई आफ्नै मात्र चिन्ता देशको चिन्ता गर्ने र नेपालीको आवाज बोल्ने तिमी भएका छौं ।

यस पटकको तिम्रो समर्थनले नेताहरुको चेत खुलेन भने मुलुकले यि नेताहरुलाई बोझ मानै पर्छ । आफ्नो स्वार्थका लागि बाँच्ने गरेका यस्ता नेताहरु प्रति जनतामा क्रमशः वितृष्णा जाग्ने काम शुरु भइसकेको छ । नेता बन्ने रहरमा भीडको पछि लाग्नुभन्दा सत्यको पक्षमा एक्लै उभिने चट्टान भएर बस । तिमीलाई जनताले साथ दिने छन् ।

तिम्रो मुद्दा छिट्टै टुङ्गोमा पुगोस् अनि तिमीले भन्ने छौं मलाई दोषी देखाउने निकै ठूलो प्रयास गरे पनि अदालतले सफाई दियो भनेर जनतालाई सुनाएको दिन साँच्चै जनता खुशी हुने छन् । अबका अप्ठ्याराहरु तिमी होसियारी साथ हिँड्ने छौं भन्नेमा विश्वस्त छन् जनता । रवि तिमीलाई अझ धेरै सफलताको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)