Aamsanchar

अव ठाउँ ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेसन खुल्ने

Author Image
शुक्रवार, भदौ १३, २०७६

काठमाडौँ । अब पेट्रोल र डिजेल भर्नको लागि पम्प खोलिएजस्तै गरी विद्युतीय सवारीको लागि पनि चार्जिङ स्टेसन खोल्ने बाटो खुल्ने भएको छ । अबको केही सातामै नेपाल विद्युत प्राधिकरणले यसको लागि कार्यविधिलाई अन्तिम रुप दिने भएको छ । ऊर्जा मन्त्रालयले विद्युतीय सवारी कार्यविधिको प्रारुप तयार पार्नको लागि गठन गरेको समितिले बुधबार कार्यविधिको प्रारुपको मस्यौदा ऊर्जा मन्त्री वर्षमान पुनलाई बुझाएको छ ।

उक्त मस्यौदामा निजी क्षेत्रलाई पनि चार्जिङ स्टेसन खोल्न दिने र यसको लागि विद्युत् प्राधिकरणले अनुमति जारी गर्ने उल्लेख गरिएको छ। विद्युतीय सवारी चार्जिङ स्टेसनमा कस्तो मापदण्डको सामान प्रयोग गर्ने र यसमा सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने भन्ने बिषयमा भने प्राधिकरणले अबको केही दिनमै कार्यविधि पारित गर्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयले तयार पारेको कार्यविधिको प्रारुप अनुरुप प्राधिकरणले केही दिनमै कार्यविधि पारित गर्ने जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर