Aamsanchar

एक लाख ५० हजार घुस लिएको अवस्थामा सहायक प्रधानाध्यापक पक्राउ

Author Image
शुक्रवार, भदौ १३, २०७६

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अवस्थामा उनीहरुलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर