

झापाको अनेकौ दुर्घटना बढीहुने ठाउँ मध्ये पनि धेरै दुर्घटना हुने ठाउँ कुन हो ? भन्दा कनकाई नगरपालिकामा पर्ने जुकेकल्भट भन्दा सायदै फरक पदैन होला, किनकी यसठाउँमा आज सम्म साना देखि ठुला सडक दुर्घटनाको संख्या गन्ने हो भने सयौं भईसकेको हुन सक्छ । यस ठाउँमा धेरैको अकालामा जीवन समाप्त भएको छ भने कयौ अंगभङ भईसकेका छ ।

यस ठाउँमा धेरै जसो दुर्घटना सवारी तिब्र गतिका कारण हुने गरेको छ । तिब्र गतिकै कारण भएका यस्ता घटनालाई न्युनीकरण गर्न भनेर पहिले पहिले ट्राफिक प्रहरीले नियमित राडरगन लगाएर सबारीको तिब्रगतीलाई न्युनी करण गर्ने प्रयास गर्दै आएको थियो । तर आजभोली ट्राफिक प्रहरीको पनि निरन्तर उपस्थिती रहदैन यस ठाउँमा, खुल्ला सडक त्यसमाथी ट्राफिक प्रहरी पनि नहुदा मनोमानी गरेर गाडी चलाउने चालकको चरम लापर्वाही आजभोली बढदै गएको छ यहाँ मात्र हैन झापा भरिनै । उता ट्राफिक प्रहरी भने राजस्व उठाउनै धेरै व्यस्त छ ।
झापाको सुरुङ्गा १ स्थित जुकेकल्भटमा आज फेरी सवारी दुर्घटना हुदाँ झापा भद्रपुर ९ निवासी २६ बर्षिय सुजन पोखरेल नाम गरेकी मृत्युभएको छ । दुर्घटनामा परि अन्य १४ जना यात्रुसमेत घाइते बनेका छन । उनीहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार जारी छ ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिसातर्फजादै गरेको बुढासुब्बा यातायात यात्रुवाहक बस को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्युभएको हो । दुर्घटनामा परि एकजना स्कुटर चालक सहित अन्य बसमा सवार यात्रुहरु घाइते बनेका छन । घाइतेहरुको उपचार बिर्तामोड स्थित एक अस्पतालमा उपचार भई रहेको छ । बस चालक सिराहा गोलबजारका २९ बर्षिय विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


