Aamsanchar

रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

Author Image
सोमवार, भदौ १६, २०७६


काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

खड्गसिंहले दिएको उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो ।यसैबीच सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले पनि साता पहिले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर