काठमाडौं,



चिनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण आउने भएका छन् । समाचारमा जनाइए अनुसार उनी आगामी १५ अक्टोबरमा नेपाल आउने भएका हुन् । चिनिया राजदूतावास श्रोतका अनुसार राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने भएका हुन् ।
सि अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए ।

तीन महिनाअघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।
Views: 228

