Aamsanchar

ह्याकरले चोरेको सबै रकम बरामद भइसक्यो : एसएसपी सुवेदी

Author Image
सोमवार, भदौ १६, २०७६

काठमाडौं । नेपालको एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद गरेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले चोरी भएको बताएअनुसारको रकम बरामद भएको सुवेदीले जनाएका हुन् ।

सोमबार ठमेलबाट तीन जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भयो र राष्ट्र बैंकले चोरी भएको भने बराबरको रकम भेटिएको छ । राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरेर १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर